यू-२० महिला एसियन कप छनोट : नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायाे

<span class='c1'>यू-२० महिला एसियन कप छनोट :</span> <span class='c2'>नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायाे</span>

काठमाडौँ । एएफसी यू-२० महिला एशियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएकाे छ ।

बुधबार साँझ भएको प्यालेस्टाइनको फैजल हल हुसैनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि ६–० ले पराजित गरेको हो।

नेपालको जितमा दीपा शाहीले ह्याट्रिक गाेल गरिन्। गरिमा राईले २ गोल गरिन् भने खेलको ८५औं मिनेटमा प्यालेस्टाइनले आत्मघाती गोल गरेपछि नेपालले ६-० ले खेल जितेको हो।

समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुनेछ। पहिलो चरणको छनोटबाट हरेक समूहका विजेता ८ टोली दोस्रो चरणमा प्रवेश गर्ने छन्। दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुने छन्।

दोस्रो चरणका खेल आगामी जेठ २० गतेदेखि जेठ २७ गते (जुन ३ देखि ११) सम्म हुने छन् जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एशियन कपमा खेल्नेछन्।

केही समयअघि २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ।एएफसी यू-२० महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्