विराटनगर–३ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएका ट्याङ्करका आठ ब्याट्री चोरी

<span class='c1'>विराटनगर–३ स्थित आयल निगमको पार्किङस्थलमा</span> <span class='c2'>रोकिएका ट्याङ्करका आठ ब्याट्री चोरी</span>

विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा इन्धन ट्याङकरको ब्याट्री तथा फायल बोतल चोरी भएका छन् ।

पार्किङस्थलमा राखिएका ट्याङकरका आठवटा ब्याट्री र फायल बोतल बिहीबार राती चोरी भएका हुन् ।

ढुवानी व्यवसायी पुजा ठकुरीको नाममा रहेको ट्याङकर नेपाल आयल निगमले भाडामा लिएको जग्गामा पाकिङ गरेर राखिएको अवस्थामा चोरी भएका हुन् । हाईवे पूर्वको पार्किङस्थलबाट ब्याट्री चोरेर राजबंशी टोलतर्फबाट भागेको देखिएको छ । पर्खाल नाग्दा घाँटीले घोचेर रगत लागेको देखिएको छ ।

पार्किङस्थलमा राखिएका ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्याङकरमा चोरी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्