कुवेत जान बाइक बिक्री गरेका विराटनगरका युवालाई नक्कली भिसा

<span class='c1'>कुवेत जान बाइक बिक्री गरेका</span> <span class='c2'>विराटनगरका युवालाई नक्कली भिसा</span>

विराटनगर । विराटनगर–५ त्रिमूर्ती चौकका तुलाराम माझी गत पुसमा कुवेत जान ठिक्क परे । उनले लक्की एच.आर. र प्याराडाईज मेनपावरका एजेन्ट भनिएका सिराहा घर भई विराटनगर बस्दै आएका विष्णुदेव दासको नाममा ९० हजार रकम जम्मा गरे । दासका अर्का साझेदार थिए, सिराहाको सखुवानगरकट्टी गाउँपालिका–४ का गौरीशंकर मुखिया ।

यी दुवै मिलेर ११ जनाबाट ११ लाख ६५ हजार रुपँैया रकम उठाएका थिए । उनीहरुले नक्कली भिसा दिएका छन् । भिसा लाग्यो भनेर पैसा लिएपछि उनीहरु अहिले एकले अर्कोलाई देखाएर उम्किरहेका छन् ।
पुसदेखि विदेश जाने तरखरमा रहेका उनीहरुमध्ये विराटनगरका कल्चु चौधरीले एजेन्ट भनिएका दासलाई आफ्नो बाईक समेत बिक्री गरे । ‘भोलि (गत पुस ६ गते) कुवेतको ललु हाईपर मार्केटको स्टोर किपरका लागि उड्नुपर्छ भने अनि बाईक उसैलाई बिक्री गरें’ चौधरीले भन्छन्–अहिलेसम्म न कुवेत पठाए न त पैसा फिर्ता दिइरहेका छन् ।

विराटनगरका संजीव कुमार मण्डल, अरुणकुमार साह, हरिनायारण चौधरीसहित ११ जनाले विष्णु र गौरीशंकरको नाममा रकम जम्मा गरेका छन् । कतिपयले बैंकमा र कतिपयले कागज गरेर पनि रकम जम्मा गरेका छन् । तीमध्ये हरिनारायण चौधरीले कागज गरेर २ लाख २० हजार ुबुझाएका छन् ।
पैसा जम्मा गरेपछि एजेन्ट भनिएका उनीहरुले महोत्तरीको बर्दिवासस्थित एउटा कन्सल्टेन्सीमा लगेर परामर्श तालिम समेत दिएका थिए । त्यसमा लागेको आउजाउ खर्च र कोशी अस्पताल नजिक रहेको एउटा क्लिनिकमा मेडिकल परीक्षण समेत गराएका छन् । त्यसको खर्च समेत २० हजारका रुपैँयाका दरले लिएका थिए ।

युवाहरुलाइै वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ठगी गरेको आरोप लागेका बिष्णुदेव दासले गौरीशंकरले फसाएको दावी गरेका छन् । उनले मुखिया विरुद्ध सिराहामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी समेत दिएका छन् । अर्का गौरीशंकरले भने दासले सबको पैसा उठाएर आफैं खर्च गरेकोले विदेश पठाउन नपाइएको आरोप लगाएका छन् ।
पीडित माझीका अनुसार दास र मुखियाको साझेदारीमा गाईघाटका युवाहरुबाटै ४५ लाख रुपैँया रकम हिनामिना गरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्