विराटनगरको जुटमिलमा फागुन २७ देखी तेस्रो संस्करणको मिल्स गोल्डकप

विराटनगरको जुटमिलमा फागुन २७ देखी तेस्रो संस्करणको मिल्स गोल्डकप

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा तेस्रो संस्करणको मिल्स गोल्डकप २०७९ हुने भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

शनिबार प्रतियोगिताको उद्घाटन हुने छ । उद्घाटनमा धुव्रतारा स्पोर्टिङ क्लब झापा र शान्ति नगर स्पोर्टिङ क्लब सुनसरीबीच हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।


मिल्स गोल्डकप फुटबल ट्रष्टले विस २०७७ सालदेखि मिल्स गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । दुई संस्करणको सफलतापछि ट्रष्टले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगिता हुने शाहीले बताए ।

प्रतियोगिताको विजेता र उपविजेता हुने टिमलाई यसपटक पुरस्कार राशी हामीले बढाएको ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
दोस्रो संस्करणमा बिजेताले नगद २ लाख १ हजार र उपबिजेतालाई १ लाख १ हजार रुपैयाँ पाएका थिए ।

दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगदसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनलमा विभिन्न ६ वटा विधाहरुमा खेलाडीहरूलाई नगदसहित ट्रफि प्रदान गरिनेछ ।

गोल्डकपमा आठ वटा टिमको सहभागिता रहने भएको छ । जसमा गत वर्षको बिजेता टिम प्रतिभा फुटबल क्लब गोलबजार, साइनो स्पोर्टिङ क्लब रानी विराटनगर, शान्तिनगर फुटबल क्लब सुनसरी, धुब्रतारा फुटबल क्लब झापा, सहलेश युवा क्लब सिराहा, गाईघाट फुटबल क्बल उदयपुर, विरगन्ज युनाइटेड क्लब विरगन्ज पर्सा र द सेभेन युथ क्लब धनकुटाको टिम रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्