विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुद्वारा सेनेटरी प्याडसहित बक्सको व्यवस्थापन

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुद्वारा सेनेटरी प्याडसहित बक्सको व्यवस्थापन

विराटनगर । अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले सेनेटरी प्याडसहित बक्सको व्यवस्थापन गरेको छ ।

क्याम्पस प्रशासनलाई नैतिक दबाब दिने उदेश्यका साथ अनेराश्ववियु क्याम्पस कमिटीले बुधबार सेनेटरी प्याडसहित महिला शौचालयमा बक्स व्यवस्थापन गरेको हो ।


क्याम्पसमा अध्यनरत छात्राहरुको समस्यालाई मध्यनजर गरेर अनेरास्वयिुले ६ महिना अगाडी क्याम्पसमा सेनेटरी प्याड हस्तान्तरण गरेको थियो । तर प्याड व्यवस्थापनलाई क्याम्पसले निरन्तरता नदिएको र बेवास्ता गरेको प्रति ध्यानाकार्षण गराउदै सेनेटरी प्याड सहितको बक्स छात्रा शौचालयमा राखिएको अनेरास्ववियु जिल्ला कमिटी सहसचिव नविन पहाडीले बताए ।

अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले ६ महिना अगाडी क्याम्पस प्रशासनलाई नैतिक दबाद दिँदै सेनेटरी प्याड व्यवस्थापन गरेको भए पनि त्यो समय क्याम्पसलाई उपलब्ध गराएको प्याड सकिएपछि बेवास्ता गरेको आफुहरुले उठान गरेको विषय वस्तुमा पनि क्याम्पस प्रशासन मौन बसेको उनले बताए ।


उनले भने, ‘कार्टुनमा भन्दा पनि व्यवस्थित बक्स बनाएर महेन्द्र मोरङ क्याम्पसको ६ वटा छात्रा शौचालयमा प्याडसहित बक्स राखेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्