बुढीगंगा महाेत्सवकाे आवश्यक तयारी पूरा

बुढीगंगा महाेत्सवकाे आवश्यक तयारी पूरा

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी मितेरी युवा क्लबको आयोजनामा‘बुढीगंगा औद्योगीक,कृषि तथा सहकारी महोत्सव २०७९’को आवश्यक तयारी पूरा भएर आइतबार दिउँसो २ बजे उद्घाटन हुने आयाेजकले बताएकाे छ ।

बुढीगंगाको पहिचान,हाम्रो अभियान भन्ने नारा सहित यहि फागुन २६ देखि चैत ६ गतेसम्म हुने बुढीगंगा महोत्सवको आवश्यक तयारी पूरा भएको हो। महोत्सवमा व्यापार व्यवसायलाई अभिबृद्धि गर्नका लागि अहिले ५० वटा स्टलहरू राखिएको र केही दिनपछी ५० वटा स्टलहरू थप गरिने आयोजकले जनाएको छ।

स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जानकारी गराएको छ । साथै ग्रामीण बजारको विस्तारसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको प्रवर्द्धन गर्ने, लोप हुन लागेका लोककला संस्कृति र साहित्यको जगेर्ना गर्ने, गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको मेलाका अध्यक्ष राघव कोइरालाले जानकारी दिए ।

दैनिक उपभोग्य वस्तु तथा सेवाहरू, जडिबुटि कृषि उत्पादन साथै कृषि प्रदर्शनी महाेत्सवमा रहने भएको छ । साथै इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स, अटोमोबायल ,लुब्रिकेन्ट्स, मोबाइल तथा सूचना प्रविधि समावेश उल्लेख्य गरिएको छ । साना तथा घरेलु उत्पादन , हस्तकलाका सामग्रीहरू, गार्मेन्टस र फुटवेयर फलफूल साथै पुष्प प्रदर्शनी हुने आयाेजकले जानकारी दिएको छ । जातिय पहिचानका सामग्रीहरू,साना तथा घरेलु उत्पादनका कपडाहरू, बाँसको हस्तकला, ढाकाका कपडाहरू रहने आयाेजकले बताएको छ । त्यस बाहेक मेलास्थलमा साँस्कृतिक कार्यक्रमसँगै फुलको बगैँचा,सेल्फी स्टेन लगायत रहेको आयोजकको जनाएको छ ।

महाेत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकार प्रमोद खरेल,रचना रिमाल, एलिना चौहान,ज्योती मगर ,कमल खत्री,मिस्टर डी , भोजपुरी गायिका प्रिती पासवान,अन्जु कुसमी लगायत थुप्रै कलाकारहरुकाे प्रस्तुति रहने मेलाका साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्