विराटनगरको एमजी रोड निर्माण कार्य नसक्दै तोडफोड

विराटनगरको एमजी रोड निर्माण कार्य नसक्दै तोडफोड

विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको कार्यकालमा विराटनगर-९ को हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने भन्दै काम सुरु गर्न थालियो ।

निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा ब्युटिफिकेसनको काम थालिएको थियो । जुन समय स्थानीयवासीको विरोध र आलोचना बीच निर्माण कार्य सुरु भएको एमजी रोड निर्माण कार्य सम्पन्न नभइ भत्किन सुरु भएको छ ।
रोडमा जडान गरिएका विद्युतका पोल, लाइटहरु साथै निर्माणाधिन अवस्थामा रहेका संरचनाहरु निर्माण कार्य पुरा नहुँदै भत्किन सुरु भएको छ ।
त्यसो त हालका महानगरपालिकाका मेयर नागेश कोइरालाले एक महिना भित्र नै एमजी रोड सञ्चालनमा ल्याउने बताएका थिए । तर निर्माणाधिन अवस्थामा रहेका संरचना भत्किदै गर्दा महानगरले दिएको प्रतिवद्धता अनुसार काम हुन नसकेको स्थानीहरु बताउछन् ।

त्यसो त हिजो देखि विरोध र आलोचनको उल्झनमा रहेको उक्त संरचनाको विषय अहिले पनि साम्य भइसकेको छैन । पुस्तौ देखि हिमालय रोडले चिनिदै आएको सो क्षेत्रलाई एमजी रोड बनाएर इतिहास मेट्न खोजिएको देखि लिएर पार्किङ स्थलको समस्याले व्यापारमा ह्रास पुग्ने भन्दै स्थानीहरुले विरोध जनाउदै आइरहेका छन् । तत्कालिन समय महानगरले चारचक्के सवारीसाधन पार्किङका लागि सडकको पश्चिमतर्फ ८०० स्क्वायर फिटको पार्किङ क्षेत्र निर्माण गरिने भनिएको थियो । तर महानगरले भने झैँ पार्किङ क्षेत्र निर्माण हुन सकेको छैन ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गर्दै सिक्किमको एमजी रोडको स्तरमा लैजाने निणर्य गरेको थियो । तर, कोभिड महामारी लगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाई भएपनि २०७८ असार २२ गते फाईनल डिपिआर सहितको डिजाईन स्वीकृत भएर भदौ २४ गते सम्झौता भएपछि यसको प्रक्रिया अघि बढ्ने भएको थियो । महानगरले असार २७ गते योजनाको बोलपत्र आव्हान गरेर विराटनगरकै कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्