दुर्गा प्रसाईको अभियान विरुद्ध विराटनगरमा प्रदर्शन

दुर्गा प्रसाईको अभियान विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिदै कर्मचारीलाईसमेत आक्रमण गर्न थालेपछि त्यसको विरुद्धमा विराटनगरमा प्रदर्शन गरिएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरुले शुक्रबार विराटनगरको हाटखोलामा भेला भई जुलुस प्रदर्शन गर्दै बजार परिक्रमा गरेका हुन् ।

महिलाहरु आवद्ध संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराउनुको साथै दुर्गा प्रसाईले थालेको अभियान विरुद्ध चर्को नारा जुलुस लगाउदै कारबाहीको माग राखेका छन् ।

दबाबमुलक प्लेकार्ड बोकेर हजारौँको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर ,लघुवित्त हाम्रो हो, गरिवको लागी राम्रो हो, लघुवित्त हाम्रो घर हो , घर भाड्न पाईदैन , गृहमन्त्रालयको आदेश लागु गर , ‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘लघुवित्त जोगाऔं’,जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विराटनगर बजार परिक्रमा गरेका थिए । उनीहरुले विराटनगको हाटखोला देवकोटा , बुधहाट चौक, मेन रोड हुदै सिडीयो कार्यालयबाट पुन हाटखोलामा पुगेर कोणसभा गरेका गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्