विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण प्रदेशभर प्रभावित भएको छ ।
कोशी प्रदेशको खारेजीको माग राख्दै (आइतबार) संघर्ष समितिले आव्हान गरेको बन्दका कारण सरकारी कार्यालय, यातायता र शैक्षिक संस्था समेत प्रभावित परेको हो ।
अन्य जिल्लामा सवारी सुचारु भए पनि सुनसरीको तरहरा र इटहरी, झामा प्रभाव परेको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहाले जानकारी दिए ।
प्रदेशव्यापी आम हडतालको प्रभाव भने विराटनगरमा न्युन प्रभाव परेको छ ।