नेपाली सेनाद्वारा विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

नेपाली सेनाद्वारा विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

विराटनगर । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा आशबहादुर तामाङले आज विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गर्नुभयो ।

नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–१८ भेडियारीस्थित ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ निर्माण गरी आज हस्तान्तरण गरेको हो । ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले रू १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा सङ्ग्रहालय निर्माण गरेको हो । कुल एक कठ्ठा क्षेत्रफलमा विसं २०७९ कात्तिक २१ देखि सुरु भएको निर्माण चार महिनामा पूरा भएको हो ।

सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्रा राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किबदन्ती छ ।

पाँच पाण्डव र उनीहरुको श्रीमती द्रौपदी गुप्तबासको समयमा नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डमा संरक्षण गर्दै आइरहेको छ ।

विसं २०२७ सालमा पुरातत्व विभागले यस स्थानमा उत्खनन गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० बटा भेट्याएको थियो । त्यसपछि यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो ।

दरबार क्षेत्रमा सङ्ग्रहालय भवन निर्माण गर्नाले जिल्लाको धार्मिक महत्व वृद्धि गरी धार्मिक पर्यटन आगमनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले सङ्ग्रहालको आज उद्घाटन गर्दै यस ऐतिहासिक सङ्ग्रहालय स्थानीय जनताको सम्पत्ति भएको यसको संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली सेनाले सामाजिक उत्तरीयदायित्व अन्तर्गत निर्माण गरेको यसको सुरक्षा गर्न स्थानीय समक्ष आग्रह गर्दै इतिहास हाम्रो पौरख भएकोले यसप्रति गर्व गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गरी धार्मिक र सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने जानकारी दिनुभयो ।

सांसद अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महानगरका उपप्रमुख शिल्पा निराला कार्की, भैरव गणका गणपति अमृतबहादुर थापामगर, वडा नं १८ का अध्यक्ष जीतेन्द्रकुमार साह र दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवले दरबार क्षेत्रको वृहत्तर विकासका लागि तीन तहको सरकारले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्