विराटनगरका उद्योगी–व्यवसायी : ‘बजार शिथिल–माग छैन’

विराटनगरका उद्योगी–व्यवसायी : ‘बजार शिथिल–माग छैन’

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले अर्थतन्त्र जटिल अवस्थातर्फ धकेलिएको भन्दै त्यसलाई रोक्न सर्वदलिय राजनीतिक सहमति र तालमेल गरिनुपर्ने सुझाव दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले छुट्टा–छुट्टै सार्वजानिक अपिल जारी गर्दै समयमै यसको समाधान खोज्नका लागि सरकार, राजनीतिक दल र अर्थतन्त्रसँग सम्बन्धित विज्ञहरुसँग आग्रह गरेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले बजारमा व्याप्त आर्थिक शिथिलता, बजार मागमा कमि, बक्यौता उठ्न कठिनाई जस्ता समस्याले उद्योगी व्यवसायीलाई वित्तिय व्यवस्थापनमा कठिनाई भईरहेको बताउनुभयो । उहाँले उद्योगीहरुले आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आईरहेको बताउँदै यसलाई रोक्नका लागि सरकार, राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
‘समग्र अर्थतन्त्रका सूचकांकहरु लगातार ऋणात्मक भइरहदा एवं नीजि क्षेत्रको लगानी जोखिममा छ’ अध्यक्ष प्याकुरेलले भन्नुभयो–सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि वढी राजनीतिक बिषयमा मात्रै केन्द्रित हुनु दुःखद छ ।

आर्थिक बृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएको बताउँदै अध्यक्ष प्याकुरेलले सरकारले विभागिय मन्त्रालय अर्थ, उद्योग र वाणिज्यको कामलाई प्रभावकारी बनाउन यथाशिघ्र नेतृत्व दिनुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधीमा मुद्रास्फिती ७.२६ प्रतिशत, वस्तु व्यापार घाटा ७११ अर्ब ८६ करोड र सेवा व्यापार घाटा ३१ ऋर्ब २७ करोड गरेर ७४३ अर्ब १३ करोड पुगेको उल्लेख छ ।

यसैगरी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले सबै क्षेत्र बिग्रदै जाँदा पनि सरकार गम्भीर भईनरहेको देख्दा उद्योगी–व्यवसायी हतोत्साहित भईसकेको बताउनुभयो । उहाँले निर्यात ८१ ऋर्ब भन्दा कम हुनु, सात महिनाको पूँजीगत खर्च १८ प्रतिशत मात्रै हुनु आफैंमा नकारात्मक स्थिति भएको दावी गर्नुभयो । राजस्व असुली ५८ प्रतिशत हुनुपर्नेमा ३८ प्रतिशत मात्रै खुम्चिएको बताउँदै रिजालले १४ खर्बको लक्ष्य ५० प्रतिशत समेत प्रगति हुननसक्ने स्थिति रहेको दावी गर्नुभयो ।

जताततै बेथिती रहेको बताउँदै उद्योगी–व्यवसायीले नेपालबाट मुद्रा परिवत्य हुने कुरालाई सरकारले कडाई गर्नुपर्ने सुझाव दिएका छन् । छ महिनाको अवधीमा ३५ अर्ब ३६ करोड रुपिँया विदेशमा पढ्न जाने विद्यार्थीबाट विदेशी मुद्रा परिवत्य भएको उनीहरुको दावी छ ।
‘उत्पादन क्षेत्रको उत्पादकत्व कुल गार्हथ्य उत्पादनको ४ प्रतिशतमा ओलिएको छ’ अध्यक्ष रिजालले भन्नुभयो–रोजगारी नपाएका कारण छ महिनामा चारलाख १८ हजार सक्रिय जनशक्ति बाहिरदाँ सरकार र राजनीतिक दल अर्थतन्त्र बारे सोचिरहेको देखिदैन ।

हालको समस्याहरु

मागहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्