विराटनगर । विराटनगर महानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरु भएको छ ।
विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको संयोजन र पोखरीया माध्यामिक विद्यालयको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता शुरु भएको हो । विराटनगर महानगरपालिकामा रहेका कक्षा ६–८सम्मका ३६ विद्यालयहरु मध्ये २८ वटा विद्यालयले सहभागीता जनाएका छन् ।आयोजक पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन तथा बाहिरी ज्ञानहरुको बारेमा सिकाई अभिबृद्धिको लागि प्रतियोगिगता आयोजना गरिएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका योजना तथा शैक्षिक महाशाखा प्रमुख कृष्ण पोखरेलले विद्यार्थीको सिकाई मापनको एउटा खुड्कीलो हाजिरी जवाफ भएको बताउनुभयो ।
प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका २८ विद्यालय प्रतियोगितामा सहभागी भएका छन् । आईतबारबाट शुरु भएको प्रतियोगिगता दुई दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रथम हुने विद्यालयले १५ हजार नगवद सहित मेडल र सिल्ड प्राप्त गर्ने छ भने, दोश्रो हुनेले १२ हजार, तेश्रो हुनेले ९ हजार र चतुर्थ हुने विद्यालयले ६ हजार नगद सहित सिल्ड र मेडल प्राप्त गर्ने पोखरीया माविका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो ।