‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडी प्रथम

<span class='c1'>‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा</span> <span class='c2'>र सावित्री ढकालको जोडी प्रथम</span>

विराटनगर । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ ।

विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले प्रथम भएका छन् । उनीहरुले लर्ड कम्पनीको एसि पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हैवल्स कम्पनीको मिब्सर ग्रीनडर पाएका छन् ।

विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल र विराटनगर प्राइम राउण्ड टेवल नेपालका अध्यक्ष राघव राठी , संयोजक लोकेश अग्रवाल, सह-संयोजक निशान्त अग्रवाल र योगेश राठीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि रहेका थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष राठीले बताए ।

एक स्कूटीमा २ जना महिला सवार भएका थिए । विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो ।

महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संहका सदस्य अभिषेक केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्