आजको मौसम : हल्का वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम :</span> <span class='c2'>हल्का वर्षाको सम्भावना</span>

काठमाडौँ । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्