विराट गोल्डकप : आठ टिम सहभागी, भारतको दिल्ली र केरलाका दुई क्लव

विराट गोल्डकप : आठ टिम सहभागी, भारतको दिल्ली र केरलाका दुई क्लव

विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु बाहेक सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ ।

विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने छन् । यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छ । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्