ठेकेदारले बाटो अलपत्र छाडेपछि विराटनगर ५ का स्थानीयद्वारा सडक अवरोध

<span class='c1'>ठेकेदारले बाटो अलपत्र छाडेपछि विराटनगर</span> <span class='c2'>५ का स्थानीयद्वारा सडक अवरोध</span>

विराटनगर । ठेक्का लिएको कम्पनीले लामो समय वितिसक्दा पनि सडक निर्माण नगरेको भन्दै स्थानीयवासीले बाटो अवरोध पारेका छन् ।

विराटनगर ५ स्थित एभरेष्ट स्कुल अगाडी रहेको ग्राभेल रोडलाई ठेकेदारले जिम्मा लिएको लामो समय भईसक्दा पनि नबनाएको भन्दै बाटोमा बाँस राखेर आवतजावतमा नै रोक लगाएका हुन् ।

बाबा चौकदेखी राम मन्दिरसम्मको सडक अहिलेसम्म पिच नगरेका कारण सो सडक खण्डबाट चल्ने सवारी साधनले धुलो उढाएका कारण स्थानीयवासीले सो क्षेत्रमा सडक आवतजावतमा रोक लगाएका हुन् । स्थानीय नागरिक, बद्धिजीवी र जेष्ठ नागरिकको भेला भई मंगलबार संघर्ष समिति नै गठन गरेका छन् । उक्त भेलाले असोक राजवंशीलाई संघर्ष समितिको संयोजक बनाएको छ ।

राजवंशीको संयोजत्वमा १६ जना सदस्य रहेका छन् । संघर्ष समितिले बाटो चाडो भन्दा चाडो निर्माण गर्नको लागी जनदवाव दिनेदेखी सडक अवरोध पार्नेसम्म वडा कार्यालय, महानगरपालीका र ठेकेदारलाई चेतवानी दिएका छन् ।

त्यसैगरी सडक निर्माण कार्य सुचारु नहुन्जेल सम्मका लागी सडक अवरोध नै राख्ने स्थानीय राजकुमार खड्काले बताए । यता ठेक्का लिने कम्पनीलाई हामीले पटक पटक फोनमा सम्पर्क गर्दा फोन उठाएनन् । यस विषयमा हामी थप अपडेट गर्दै जानेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्