विराटनगरमा जारी मिल्स गोल्डकप : उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनलमा

<span class='c1'>विराटनगरमा जारी मिल्स गोल्डकप :</span> <span class='c2'>उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनलमा</span>

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउदै गाईघाट सेमिफाइनमा पुगेको हो ।

जितसँगै गाईघाट बिहीबार हुने दोस्रो सेमिफाइनलमा साविक बिजेता प्रतिभा फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिष कटुवालले गोल गरी टिमलाई सेमिफाइनलमा पु¥याउन सफल भए । वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरेका थिए । कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ्ग शेर्पाले उत्कष्ट बचाउ गरिदिए । टाईब्रेकरमा दुई गोल सेभ गरिदिने गाईघाटका गोलकिपर शेर्पा म्यान अफ द म्याच घोषित भए ।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो । खेल अवधीभर एक दर्जन गोल गर्ने अवसर चुकाउँदा वीरगन्ज घर फर्किन बाध्यो । पहिलो हाफसम्म एक पक्षीय खेल पस्किएको वीरगन्जले खेल सुरू भएको १३ औं मिनेटमा बिवेक चौधरीले २५ यार्डदेखि गरेको सशक्त प्रहार पोसमा लागेर बाहिरियो । बिवेकले बारम्बार पाएको प्रहार बाहिरदा पहिलो हाफमा अग्रता पार्ने अवसर गुमाएको थियो । ४१ औं मिनेटमा गाइघाटका तिर्थ राईले डिबक्स भित्रबाट गरेको प्रहार बारिएको थियो ।

दोस्रो हाफदेखि गाइघाटले आक्रमक खेल पस्कियो । दोस्रो हाफपछि वीरगन्ज अमर डंगोल र बिवेक चौधरीको प्रहार बाहिरिएपछि हार व्यवहर्न बाध्य भयो । ५० औं मिनेटमा बिवेक चौधरीले पेलान्टी एरियाबाट गरेको हेडिङ्ग बाहिरयो । ५५ औं मिनेटमा गाईघाटका देबराज चौधरीले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा जित हात पार्न टाईबेकर कुर्नुप¥यो ।

बुधबारको पहिलो सेमिफाइनल खेल धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा र सहलेस यूवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्