अकोरावको सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष

<span class='c1'>अकोरावको सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु</span> <span class='c2'>एक भएर अघि बढ्नुपर्ने निष्कर्ष</span>

विराटनगर । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुदेँ घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रुपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नविकरणलाई सम्बन्धित जिल्लामा नै नविकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका विषय विराटनगर घोषणा पत्रमा समेटिएको अकोरावका प्रदेश सचिव पूणर्प्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गरेको बताए । राज्यका तीन वटै तहले सामुदायिक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालहरुले त्यसका विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिए ।

अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको उनको भनाई थियो । सामुदायिक रेडियो प्रशारक संघ प्रदेश समिति सामुदायिक रेडियोहरुको हक हित संरक्षका लागि सदैव तत्पर रहेको र आगामी दिनमा प्रदेश सरकारसँगको सहकार्यमा रेडियोकर्मी र रेडियोमा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउने सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशका अध्यक्ष विदुर खवासले बताए ।

कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय अध्यक्ष अर्जुृन गिरी, केन्द्रिय उपाध्यक्ष, नेपाल सरकार विज्ञापन वोर्डका सदस्य बन्दना दनुवार, पत्रकार महासंघ कोशि प्रदेस अध्यक्ष लिला वल्लभ घिमिरे, पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष बिक्रम लुईटेल, विज्ञापन वोर्डको सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा कोशि प्रदेशभरका सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारणसभा अघि लैंगिक समानताका लागि सामुदायिक रेडियो बिषय कार्यशाला पनि सम्पन्न भएको थियो । उक्त कार्यशालामा लैंगिक समानताका लागि सामुदायिक रेडियोले खेलेको भुमिका, र रेडियोमा बज्ने हरेक सामाग्रीमा लैंगिक समानताका बिषयमा प्रस्तुत गरिएका सामग्रीका विषयमा छलफल गरिएको थियो । कार्यशालाको अकोरावका उपाध्यक्ष वन्दना दनुवारले सहजिकरण गरेकी थिइन् । रेडियो उदयपुरले उक्त कार्यशाला आयोजना र व्यवस्थापन गरेको थियो ।

कार्यशालाका सहभागिहरुले हाल रेडियोहरुमा बजिरहेका, बिज्ञापन, गीत संगित, समाचार, कार्यक्रमहरुमा लैंगिक विभेद,हिंसा निम्त्याउने खालका सामाग्री प्रशारण गर्न नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्