क्याम्पसमा हुने आर्थिक अनियमितता अन्त्य गर्ने रोहितको प्रतिवद्धता

क्याम्पसमा हुने आर्थिक अनियमितता अन्त्य गर्ने रोहितको प्रतिवद्धता

विराटनगर । स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला उम्मेदवारीहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङगणमा भेटिएका प्रत्येक विद्यार्थीहरुलाई पनि स्ववियु निर्वाचनको चहलपहलले खुबै तताएको छ ।
त्यही चुनावी माहोलमा भेटिएका २३ वर्षिय रोहित गौतम एकिकृत समाजवादी निकट अनेरास्ववियूको तर्फबाट कोषाध्यक्ष पदको उम्मेदवार हुन् ।
विगतदेखि क्याम्पसमा हुने शैक्षिक क्षेत्रका विकृति विसंगतीलाई खबरदारी गर्नु साथै आर्थिक क्षेत्रमा सुदृढको भूमिका खेल्न आफूले कोषध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताउँछन् । सामजिक क्षेत्रमा सहयोगका भावना राख्ने गौतम लामो समय स्ववियु निर्वाचन क्याम्पसमा हुन नसक्नु र नेतृत्वले खबर दारी गर्न नसक्नु पनि आर्थिक चलखेल र हिनामिना हुने कारण रहेको बताउछन् ।

उनी पदिय लोभ भन्दा पनि महेन्द्र मोरङ क्याम्पसमा हुने विकृतिको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्