विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्रीलाई भेटेपछि फर्के

विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्रीलाई भेटेपछि फर्के

विराटनगर । चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन गएका विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फर्किएका छन् । बैंक तथा वित्तीय संघर्ष समितिले सुरु गरेको आन्दोलन प्रधानमन्त्रीको आग्रहमा उनीहरुलाई फिर्ता लिएका हुन् ।

चर्को बैंक व्याजदर लगायतका समस्याहरुबाट लामो समय देखि प्रताडित निजी क्षेत्रका उद्योगी÷ व्यवसायीहरु चार दिनदेखि आन्दोलित थिए । प्रधानमन्त्रीले मंगलबार उनीहरुको समस्या निराकरण गर्ने आश्वासन दिएपछि उनीहरु रोकिएका हुन् ।
औद्योगिक÷व्यवसायिक संघ–संस्थाहरु काठमाडौँमा भेला भएर ‘बैंक तथा वित्तीय समस्या संघर्ष समिति’ खडा गर्दै फाल्गुन २८ गते देखि माइतिघर मण्डला, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायतका स्थानहरुमा बृहत विरोध कार्यक्रमहरु आयोजना गरेका थिए । समितिको संयोजक एवं मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले राजधानी बाहिरका विगतका देशव्यापी आन्दोलनलाई सरकारले खासै चासो नदिँदा उद्योगी÷व्यवसायीहरु मरणासन्न अवस्थामा पुगेपछि आन्दोलन राजधानी केन्द्रीत गरिएको थियो ।

मुलुकभरीका औद्योगिक÷व्यवसायिक संघ–संस्थाहरुको सक्रीय सहभागितामा आन्दोलनले मूर्त रुप लिई सशक्त रुपमा अघि बढिरहेकोमा प्रधानमन्त्रीले आन्दोलनरत वर्गलाई बोलाएर समस्या हल गर्ने प्रतिवद्धता जनाउनु भएको अध्या रिजालले जानकारी दिए । प्रधानमन्त्रीले हाल सरकार गठनका कार्यहरु प्रक्रियामै रहेकोमा त्यस लगत्तै औद्योगिक÷व्यवसायिक समस्याहरुको सम्बोधन गराउने तर्फ आफू अग्रसर भई लाग्ने र समस्या निराकरण गराएरै छाड्ने आश्वासन दिनु भएको छ, अध्यक्ष रिजालले भने विरोधका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीसँगको भेटघाटको क्रममा समिति संयोजक एवं संघका अध्यक्ष रिजाल सहित नेपाल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षहरु दिनेश श्रेष्ठ र अंजन श्रेष्ठ, मोरंग व्यापार संघका निर्वतमान अध्यक्ष प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकास कुमार बेगवानी र विभिन्न औद्योगिक÷व्यवसायिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्