मोरङ क्याम्पस विराटनगर : सिङ्गल–सिङ्गल भिड्दै स्ववियु सभापतिका तीन दाबेदार

मोरङ क्याम्पस विराटनगर : सिङ्गल–सिङ्गल भिड्दै स्ववियु सभापतिका तीन दाबेदार

सुजता लिम्बु
विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा प्रमुख तीन दलका विद्यार्थी संगठनबीच कडा टक्करसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले सभापतिमा सिङ्गल–सिंङ्गल प्रतिस्पर्धा गर्ने भएका हुन् ।

चुनावी प्रचारमा लागेका विद्यार्थी संगठनले जीन आफ्नो पक्षमा पार्न मतदाता विद्यार्थी फकाउन व्यस्त रहेका हुन् ।

को–को छन् प्रतिस्पर्धामा ?
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियुले नेतृत्व पाउँदैछ । २०६५ सालमा भएको स्ववियू निर्वाचनमा महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका तत्कालिन उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए । नजिकीएको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा नेविसंघले जसवन्त पौडेल, अनेरास्ववियुले नवीन पहाडी र क्रान्तिकारीले रोहित यादवलाई उम्मेदवार बनाएको छ ।
जसपा र जनमत पार्टीको विद्यार्थी संगठनले सभापतिमा क्रान्तिकारीलाई समर्थन गर्ने अखिल क्रान्तिकारीका नेताहरुहरु बताउछन् । जसपा र जनमतको सभापत्बिाहेकका अन्य पदमा भने आफ्नै उम्मेदवार रहेका छन् । सभापतिमा जसपा र जनमतको समर्थन रहेको क्रान्तिकारीले दोस्रो कालका लागि नेतृत्व पाउने दावी गर्दै आएको छ । यद्यपी नेविसंघ र अनेरास्ववियुको पृष्ठभूमि समेत कमजोर नभएका कारण उनीहरुको दावी स्वभाविक देखिन्छ । नेविसंघका पौडेलले विद्यार्थी माझ आफू लोकप्रिय रहेका कारण जीत सुनिश्चित रहेको बताउँदै आएका छन् । अखिलका पहाडी क्याम्पसको समग्र हितमा ध्यान दिनसक्ने संगठनको नेतृत्व स्थापित गर्न विद्यार्थीले चाहेको बताउँछन् ।

सचिव र कोषध्यक्षका उमेदवार
सभापति जस्तै मोरङ क्याम्पसमा सचिव र कोषाध्यक्षको भूमिका निर्वाह गर्ने नेतृत्व विद्यार्थीले चाहेका छन् । विद्यार्थीका समस्यालाई सहजै क्याम्पस प्रशासनसम्म लिएर जानसक्ने नेतृत्वको खोजि गरिरहेका विद्यार्थीले अन्य बेलाको भूमिकालाई हेरेर मतदाता दिने उमेदवारहरुको दावी छ । क्याम्पसमा अखिल (क्रान्तिकारी)को तर्फबाट सचिव पदका लागि आशिका लम्सालको उम्मेदारी रहेको छ । नेविसंघबाट पुजा विश्वास, अनेरास्ववियुबाट सनिम ठकुरी छन् । सभापतिमा उमेदवार नभएपनि एकिकृत समाजवादी निकट अनेरास्ववियूको तर्फबाट निर्मल भण्डारीको उम्मेदवारी रहेको छ । लोकतान्त्रिक विद्यार्थी संघबाट सचिव पदका लागि पेशल यादवको उम्मेदवारी रहेको छ । विद्यार्थी जनमत संघबाट सरोज शाहले उमेदवारी दिएका छन् । सचिव पद उमेदवार आशिका लम्सालले सबै उमेदवार योग्य र असल भएपनि एक पटक महिलालाई सचिवको जिम्मेवारीमा पु¥याउन विद्यार्थीहरुले चाहेको दावी गर्छिन् । उनले आफु सचिवमा उमेदवारी दिएर मात्रै नभई अन्य समय समेत विद्यार्थीसँग नजिक रहेको बताइन् ।

यसैगरी कोषाध्यक्ष पदका लागि विद्यार्थी जनमत संघले अनिशा कुमारी मोचीलाई उम्मेदवार बनाएकोछ । एमाले निकट अनेरास्ववियुको तर्फबाट आरोग्य थापा छन् । समाजवादी विद्यार्थी युनियनको तर्फबाट राकेशकुमार यादवको उम्मेदवारी रहेको छ भने एकिकृत समाजवादी निकट अनेरास्ववियूको तर्फबाट रोहित गौतमलाई उठाएको छ । नेपाल विद्यार्थी संघको तर्फमा स्वस्तिक बोहराको कोषाध्यक्ष पदमा उम्मेदवारी रहेको छ । महेन्द्र मोरङ क्याम्पसमा ५ हजार ७ सय ९० जना छन् ।

सभापतिमा कसको अवस्था कस्तो ?
क्याम्पसमा हुने अनियमितता, विकृति र विसंगतीको अन्त्य हुनुपर्छ साथै विद्यार्थीका समस्याको मागको सुनुवाइ हुनुपर्छ भन्ने विविध एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका तीनै जना उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने विद्यार्थी नेताहरु बताउछन् । ०६५ सालमा अखिल क्रान्तिकारीले सभापतिमा जितेको आधारमा क्रन्तिकारीको तर्फबाट उम्मेदवार रहेका रोहित यादव पनि उत्तिकै बलियो प्रतिस्पर्धी रहेको महेन्द्र मोरङ क्याम्पसमा अध्ययन विद्यार्थीहरु बताउछन् । यता, एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिका उम्मेदवार रहेका नविन पहाडी र नेविसंघका जसवन्त पौडल पनि विद्यार्थी माझमा लोकप्रिय मानिन्छन् ।

स्नातकोत्तरमा अखिल भर्सेस चार संगठन
स्नातकोत्तर क्याम्पसमा भने अनेरास्ववियुले निर्मल गजुरेललाई अध्यक्षको उम्मेदवार बनाएको छ । गजुरेलसँगग टक्कर दिन चार विद्यार्थी संगठनको साझा उमेदवार छन् । नेविसंघ, क्रान्तिकारी, एकीकृत समाजवादी विद्यार्थी र जसपा निकट विद्यार्थी संगठनको तर्फबाट अखिल क्रान्तिकारीका शशी यादव सभापति उमेदवार रहेका छन् । क्याम्पसमा ३३४ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्