झापा र मोरङबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा र मोरङबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ ।

मंगलबार बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बि.क.लाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८मिलि ग्राम ब्राउन सुगर फेला पारेसगै मोटरसाईकलमा सवार रहेका धरान-८ का ३० बर्षीय जंगमनी मगर र धरान-७ का २७ बर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो ।

लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्