स्मार्ट लाइसेन्सबाट फोटो गायब

स्मार्ट लाइसेन्सबाट फोटो गायब

विराटनगर । विराटनगर–१४ का कुन्दनकुमार साहले सोमबार यातायात व्यवस्था कार्यालय इटहरीबाट स्मार्ट लाइसेन्स लिएका छन् ।

छ वर्ष अगाडी लाईसेन्स लिएका उनले पुरानो विस्थापित गरेर नयाँ स्मार्ट लाइसेन्स लिएका हुन् ।

सबै प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स लिएका साहको फोटो भने गायब भएको छ । स्मार्ट लाइसेन्स लिएर हेर्दा फोटो थिएन साहले भने कर्मचारीलाई भन्दा पुनः ५०० दस्तुर बुझाएर नयाँ छपाउने प्रक्रिया थाल्न भनेका छन् ।

उनको हातमा बोकेको स्मार्ट लाइसेन्समा फोटो नभएपनि यातायात व्यवस्था कार्यालयको वेवसाइटमा भने फोटोसहितको लाईसेन्स छ । वेवपेजमा सबै विवरण र फोटो भएपनि स्मार्ट लाइसेन्समा भने फोटो छैन । फोटो बिनाको लाइसेन्स लिएर हिड्दा फर्जी भन्ने आरोप लागेको उनले बताए । काठमाण्डौंमा फोटो बिनाको लाइसेन्स बोक्दा जताततै फाइन लाग्छ, साहले भने–विराटनगरमा अहिलेसम्म चेकिङ्गमा परिएको छैन, नत्र फाइन लागिसक्थ्यो होला ।

साहलाई कार्यालयका कर्मचारीले आफुले धेरै जवाफ दिन नसक्ने बताएर फर्काएका छन् । उनीसँग छपाई दस्तुर बुझाएपछि पुनः आउने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्