बुढीगंगा महोत्सवमा आज सुगम पोखरेल आउने

बुढीगंगा महोत्सवमा आज सुगम पोखरेल आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् ।

मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए ।

गायक पोखरेलका ‘दशैँ-तिहार’,‘फेरी त्यो दिन’,‘पाठशाला’,‘जाँदै छु टाढा’,‘सम्हालिन्छ कहिले मन’,‘रहर छ सँगै’,‘जिन्दगी नै भन्दिन’ लगायतका गीत चर्चित छन् ।

बजारमा आठ वटा एल्बम ल्याइसकेका उनी गायक, सङ्गीतकार र रचनाकारका रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेका छन् । साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा गायक पोखरेलसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

बुढीगंगाको पहिचान,हाम्रो अभियान भन्ने नारासहित आयोजना गरिएको महोत्सव चैत ६ गतेसम्म आयोजना हुनेछ। महोत्सवको टिकट दर १०० रुपैयाँ राखिएको आयोजकले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्