डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ वृद्धि

<span class='c1'>डीडीसी दूधको मूल्य प्रतिलिटर</span> <span class='c2'>११ रुपैयाँ वृद्धि</span>

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँले वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ ।

सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै स्टाण्डर्ड दूध (निलो प्याकेट) को मूल्य अब प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। डीडीसीबाट वितरण हुने आधा लिटरको प्याकेटको ४८ रुपियाँ ५० पैसा कायम भएको छ।​ यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

चार प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस पदार्थ (एसएनफ) रहेको प्रतिलिटर दूधमा किसानले ६५ रुपैया पाउने डीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डीडीसीले दूधबाहेक अन्य दुग्धजन्य पदार्थको मूल्य भने नबढाएको जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्