नेरुडे बरगाछी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे बरगाछी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरगाछी शाखाले बुधबार नेपाल ग्रामिण विकास समाज केन्द्र (NRDSC) को हल विराटनगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ८५ वटा केन्द्रका एक सय जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

उपस्थित केन्द्र प्रमुखहरुमध्येबाट ज्येष्ठ सदस्य राधा पौडेलको अध्यक्षतामा आयोजित गोष्ठीमा नेरुडेका जनशक्ति व्यवस्थापन विभागका प्रमुख ऋषि प्रसाद न्यौपानेले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुका बारेमा प्रकाश पारेका थिए ।
बरगाछी शाखा अन्तर्गतका उत्कृष्ट सदस्यहरु सरस्वती देवी पराजुली, पार्वती देवी राय, धर्म शिला खनाललाई सम्मान गरिएको बरगाछी युनिटका प्रमुख राजु कुमार चौधरीले जानकारी दिए ।

जोखिम व्यवस्थापन विभागका प्रमुख रोशनकुमार राउतले आजको दिनमा वित्तीय साक्षरता सबैलाई आवश्यक रहेको औंलाएका थिए । शाखा प्रमुख नविन बस्नेतले गोष्ठीको स्वागत तथा कार्यक्रम बारेमा प्रकाश पारेका थिए । २० वर्षदेखि नेरुडेमा आवद्ध भई आर्थिक कारोबार गर्दै आएका सफल उद्यमी महिलाहरु सुनिता शर्मा, जसो कुमारी मण्डल र ममिता दनुवारले आफ्ना अनुभाव सुनाएका थिए । उनीहरु मध्ये शर्माले विराटनगर नोबेल मेडिकलमा फार्मेसी सञ्चालन गरिरहेको,दनुवारले आफ्नै कपडा सिलाउने टेर्लस पसल रेहेको र मण्डलले लघुवित्तबाट आर्थिक कारोबार गरेर जग्गा जमिन जोड्नुका साथै सन्तानलाई उच्च शिक्षा सफलभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्