पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई विराटनगरमा पक्राउ

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई विराटनगरमा पक्राउ

विराटनगर । प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघ सुनसरीका अध्यक्ष राईसहित अर्का सन्जय याख्खा पनि पक्राउ परेका छन् । उनी पनि धरानका पत्रकार नै हुन् ।

किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए ।

प्रदेशको नामाकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरु विरोधका कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्