विराटनगरका उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण

विराटनगरका उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा उर्जा दक्षताको महत्वका सम्वन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ उर्जा दक्षता केन्दको आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जि.आई.जेडको प्राविधिक सहयोगमा विराटनगरका उद्योगीहरुका लागि उर्जा खपत र बचतको विषयमा अभिमुखिकरण गराइएको हो ।

संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योगहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेर गईरहेको उर्जाको ब्यवस्थापनका साथै यर्थाथपरक उर्जा वचतको उपायहरु खोजी गरी सुधार गर्नसके वार्षिक रुपमा लाखांै रकम वचत गर्न सफल हुने वताए । उनले उद्योगहरुको वढदो उत्पादन लागत घटाउन खेर गइरहेका उर्जाको समूचित व्यवस्थापन गरी हाल प्राप्त उर्जाबाट बढी भन्दा बढी उत्पादकत्व लिन उद्योग व्यवसायहरु केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जि.आई.जेडका कम्पोनेन्ट म्यानेजर संजय गोर्खालीले उर्जा उपभोगका सन्दर्भमा आगामी दिनहरुमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोही अनुरुपको उर्जा वचतका विधिहरु अपनाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । जि.आई.जेड ले नीजि क्षेत्रका उद्योग व्यवसायलाई कानुनी र संस्थागत रुपमा सहयोग पु¥याउने गरी कार्ययोजना तयार गरिरहेको जानकारी गराउदै उर्जा दक्षता सम्वन्धी कार्यक्रम देशव्यापी रुपमा लैजाने तयारी भईरहेको वताए ।

जि.आई.जेडका वरिष्ठ उर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्यायले उद्योगको उत्पादन लागतमा उर्जाको मूल्य न्यूनिकरणका लागि उद्योगीहरुलाई ईनर्जि अडिट गर्न सुझाव दिए । उनले उद्योग प्रतिष्ठानले खपत गरिरहेको उर्जाको मापन गरी न्यूनिकरणका उपाय अवलम्वन गरेका उद्योगहरुको प्रतिष्पर्धी क्षमता अभिवृद्धि भएको उदाहरण प्रस्तुत गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक काठमाण्डौंका प्रवन्धक होमराज भट्टराईले वाणिज्य वैंकले उर्जा दक्षता कार्यक्रम लागु गर्ने उद्योगहरुका लागि वैंकले के कस्ता व्यवस्था गरेको छ जानकारी गराए । रिप–ग्रिनका उर्जा सल्लाहकार सुदन कायस्थले औद्योगिक क्षेत्रले हाल खपत गरिरहेको उर्जाका सन्दर्भमा अवधारणा प्रस्तुत गर्दै जि.आई.जेडले सन २०२४ सम्म नेपालका पचास भन्दा वढी उद्योगमा निशुल्क उर्जा परीक्षण गर्ने कार्यक्रम तय भएको र यसै सन्दर्भमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको वताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाव श्रेष्ठले विश्वका अधिकांश मुलुकले उर्जा खपत घटाउने आयामहरुलाई प्राथमिकता दिईरहेको अवस्थालाई मध्यनजर गरी महासंघले उर्जा दक्ष्ता केन्द्र मार्फत औद्योगिक करिडोर भएका स्थानहरुमा यस प्रकारको कार्यक्रमहरु संचालन गरिरहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्