शिक्षादीपकी अदिति जैन एम.बी.बी.एसको प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम

शिक्षादीपकी अदिति जैन एम.बी.बी.एसको प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम

विराटनगर । शिक्षादीपकी अदिति जैन एम.बी.बी.एसको प्रवेश परीक्षामा छात्रा तर्फ नेपाल प्रथम

विराटनगर । विराटनगरको शिक्षादीप कलेजकी पूर्व विद्यार्थी अदिति जैन एम.बी.बी.एस.को प्रवेश परीक्षामा छात्रा तर्फ नेपाल टप भएकी छन् ।

सुनसरी जिल्लाकोे हरिनगरा गाउँपालिकाकी २० बर्षिया अदिति जैनले १४ हजार भन्दा बढि विद्यार्थीहरुलाई पछाडी पार्दै नेपालको छात्रातर्फ अदिति प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

नेपाल चिकित्सक अध्ययन संस्थाले लिएको २०७९ सालको एम.बी.बी.एस. को प्रवेश परीक्षामा नेपालको चौथो स्थान र छात्रा तर्फ नेपाल टप गर्दै पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएकी छिन् ।

शिक्षादीप कलेजले बिहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी अदितिलाई स्वागत र सम्मान गरेको छ । कलेजका अध्यक्ष तथा कोसी प्रदेशका सांसद भीम पराजुली, कलेजका निर्देशक रमेश मण्डल, बसन्त बस्नेत, भुपेन्द्र दाहाल (भूपी) र कलेजका संचालक सदस्य तथा प्रध्यापक रामचन्द्र अधिकारीले अदितिलाई सम्मान गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा अदितीका बुबा अजय कुमार जैन समेत सहभागी थिए ।

शिक्षादीप कलेजबाट २०७७–२०७८ ब्याच समूहबाट विज्ञान संकायतर्फ कक्षा १२ उत्र्तिण अदितिले २०७८ सालको एम.बी.बी.एस.को प्रवेश परिक्षमा ३६० नम्बरमा नाम निकालेकी थिइन् । अघिल्लो बर्ष पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न नपाउँदा अदिति पुनः यस बर्ष एम.बी.बी.एस.को प्रवेश परिक्षामा सहभागिता जनाउँदै नेपालको छात्रातर्फ प्रथम हुन सफल भएकी हुन् । कलेजले गरेको बदाई तथा सम्मान कार्यक्रमपछि आफुले यो नतिजा प्राप्त गर्नको लागी धेरै नै मेहनत गरेको बताईन् । उनले रातको १२ – १ बजे सम्म सम्म अध्ययन गरेको सुनाईन् । आफुले मेहनत गरेको फल नै आज प्राप्त गरेको कार्यक्रममा सहभागी भएका अतिथी तथा विद्यार्थीहरुलाई सुनाईन् ।

अझ उनले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कलेजमा शिक्षकहरुले पढाउदा ध्यान केन्द्रित भएर अध्ययन गर्न र गुरुहरुले दिएको उपदेशलाई पालना गर्न समेत अनुरोध गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्