कोशी प्रदेश : माओवादी केन्द्र र जसपाले तत्काल समर्थन फिर्ता नलिने गठबन्धन दल भित्रै चिसोपन

कोशी प्रदेश : माओवादी केन्द्र र जसपाले तत्काल समर्थन फिर्ता नलिने गठबन्धन दल भित्रै चिसोपन

विराटनगर । राष्ट्रपति निर्वाचन सकिएसँगै यतिबेला कोशी प्रदेशको सत्ता समिकरण कस्तो होला भन्ने सबैको चासोको विषय बनेको छ ।

केन्द्रमा रहेको सत्ता समिकरण अनुसार प्रदेशको पनि सोही अनुसारको हुनुपर्ने नेपाली काँग्रेसको जोड छ । तर, माओवादी केन्द्र र जसपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानाउदै आइरहेको छ ।
माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिए कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारको आयु केही समय लम्बिने देखिन्छ ।

कार्कीको नेतृत्वमा गत पुस २५ गते सरकार गठन भएको थियो । अन्य प्रदेशमा केन्द्रमा भएको सत्ता गठबन्धन अनुसार सरकार गठनको तयारही हुँदै गर्दा कोशी प्रदेशको प्रदेशसभा भित्रको राजनीतिक समिकरण भने फरक रहेकाले तत्काल नयाँ सरकार गठन हुने छाँटकाट कम्जोर रहेको नेताहरु बताउछन् ।
यद्यपी नेपाली काँग्रेसका संसदीय दलका उपनेता हिमाल कार्कीले भने केन्द्रमा भएको गठबन्धन अनुसार कोशी प्रदेशको पनि गठबन्धनको आधारमा सरकार गठन हुनुपर्ने बताउछन् ।
पूर्व मन्त्री समेत रहेका कार्कीले दलका नेताहरुबाट आएका समर्थन फिर्ता नलिने सम्बन्धिका कुराहरु व्यक्तिगत धारणा हुनसक्ने बताउँछन् ।
त्यसो त नयाँ सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाबीचमै कार्की नेतृत्वको गठबन्धन ढाल्ने वा नढाल्ने भन्ने विषयमा विवाद सिर्जना सुरु भएको गठबन्धन दलभित्रैका नेताहरु बताउँछन् । तर पनि अहिले नै सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र जसपा भने पुगिसेको छैन । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारबाट समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नआएको बताए ।
यता, पूर्व स्वास्थ्यमन्त्री एवम् जसपा नेता जयराम यादवले उपराष्ट्रपतिको निर्वाचनले कोशी प्रदेशको सरकारलाई सघाउने या छोड्ने तय हुने बताउछन् ।
उनले उपराष्ट्रपतिमा जसपालाई समर्थन गरे कोशी प्रदेशमा एमालेको नेतृत्वमा रहेको सरकारलाई फाइदा हुने बताउदै उनलेभने,‘यो एमालेका लागि फाइदाको कुरा हो, हामीलाई उपराष्ट्रपतिमा एमालेले सघाए हामी यहाँ सघाउ छौँ ।‘ उनले तत्काल भने सरकारको समर्थन फिर्ता लिने विषयमा ठोस निर्णय नभएको समेत बताए । कार्की नेतृत्वको सरकार ढल्नका लागि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिनुपर्ने हुन्छ । समर्थन फिर्ता लिएको ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । अहिले सरकारलाई माओवादी केन्द्र, राप्रपा र जसपाले समर्थन गरेको छ ।

यस्तो छ प्रदेशसभाको अंक गणित

९३ जना सांसद रहेको प्रदेशसभामा बुहमत पु¥याउन ४७ सांसदको आवश्यकता पर्छ । अहिलेको सत्ता गठबन्धनसँग ४७ सांसद पुग्ने दाबी गर्छन् । गठबन्धनमा काँग्रेसका २९, माओवादी १३, नेकपा (एस) ४ र जसपा १ छन् ।
यता, प्रदेशसभामा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेको थियो ।यदि राष्ट्रिपनि निर्वाचनको दौरानमा बदलिएको केन्द्रको समिकरण अनुसार जसपा र माओवादी केन्द्रले समर्थन फिर्ता लिए हालका मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्