कोशी अस्पताल विराटनगर : शौचालय दुर्घन्ध, बेसिनमा गुट्खाको आहाल

कोशी अस्पताल विराटनगर : शौचालय दुर्घन्ध, बेसिनमा गुट्खाको आहाल

विराटनगर । विराटनगरको कोशी अस्पतालका शौचालय १५ दिन अगाडी बाहिरबाट सफाई कम्पनीलाई बोलाएर सफा गरिएको थियो । अर्थो, मेडिकल, आईसियू, गाईनो वार्डका सबै शौचालय सफा गरेर चिटिक्क पारेपछि दैनिक सफा गर्न अस्पतालका सफाई कर्मचारीलाई निर्देशन दिइएको थियो ।

तर, पन्ध्र दिनपछि अस्पतालको भित्री परिसरमा रहेका शौचालय हेर्दा अवस्था उस्तै रहेको शुक्रबार पाइयो । शौचालय दुर्घन्ध र हातधुने बेसिनमा पान, गुट्खा खाएर थुक्दा जाम भएर आहाल भेटिएको हो ।

अस्पताल विकास समिति र प्रशासनले शुक्रबार शौचालयहरुको अनुगमन गरेको थियो । विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार जुन–जुन वार्डका लागि खटाइएका कर्मचारी हुन् उनीहरुले राम्रोसँग काम नगरेको पाइएको छ । कोशी अस्पतालमा २९ जना सफाई कर्मचारी रहेका छन् । तर, अस्पतालको अवस्थामा सधैं फोहोर दुर्घन्धित भएपछि काम नगरे निस्कासन गर्ने मनस्थितिमा पुगिएको छ । विकास समिति सदस्य बुढाथोकीले आइतबारसम्ममा सरसफाईमा खटिने कर्मचारीले काम नगरेको पाइए उनीहरुलाई स्पष्टीकरण सोधेर बुधबारसम्ममा निकालिने चेतावनी दिइएको हो ।

अस्पतालमा जिम्मेवारी लिएका कर्मचारीले काम नगर्दा इलेक्ट्रिसियन, प्लम्बर र सफाईका क्षेत्रमा बारम्बार समस्या दोहोरिने गरेको पाइएको छ । बाहिरी परिसरको फोहोर व्यवस्थापन भएपनि अब भित्री परिसरमा हुने फोहोर व्यवस्थापन र सरसफाईमा चासो दिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्