कुमार लिङ्देन भन्छन्ः दुईजना पूर्वमुख्यमन्त्रीलाई प्रदेशको नामको सन्दर्भमा धन्यवाद दिनुपर्छ

कुमार लिङ्देन भन्छन्ः दुईजना पूर्वमुख्यमन्त्रीलाई प्रदेशको नामको सन्दर्भमा धन्यवाद दिनुपर्छ

विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नं. १ का पूर्ब मुख्यमन्त्रीहरु शेरधन राई रराजेन्द्रकुमार राईलाई प्रदेश नामकरणको सन्दर्भमा प्रदेशबासीले धन्यवाद दिनुपर्ने बताएका छन् । प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको बिहिबार साँझ जुम प्रविधिमा बसेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

शेरधन र राजेन्द्रकुमार राईको प्रशंसा गर्दै मुख्यमन्त्रीहुँदा पहिचान विरोधी नाम रोक्न सफल भएको भन्दै प्रदेशबासीले धन्यवाद दिनुपर्ने लिङ्देनको भनाइ थियो । कोशी प्रदेश नाम ध्वस्त पार्न आन्दोलनलाई निरन्तरता दिदै गाउँगाउँ छिरेर जनचेतना जगाउँदै विराटनगर शक्ति केन्द्रीत गरेर निर्णायक लडाई लड्नु पर्नेमा उनले जाड दिए ।
फागुन १७ गते कौशिक ऋषि अर्थात एउटा वंश (गोत्र)को नाममा प्रदेशको नाम कोशी राखिएको भन्दै प्रदेशमा मुख्य केन्द्र रहेको किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, किरात धार्मिक तथा साहित्य उत्थान संघ लगायतका सामाजिक संस्थाहरु, पहिचानमा आधारित पार्टीहरु संगठित भएर कोशी नाम खारेजी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा एमाले, कांग्रेस, माओवादी भित्रका पहिचानवादी नेता कार्यकर्ताहरुको पनि समर्थन रहेको छ ।

फागुन १७ देखि नै विराटनगर लगायतका क्षेत्रमा प्रदर्शन, कोशी प्रदेशमा मत दिने सांसदहरुलाई कालो मोसो दल्ने, गाउँ छिर्न निशेध गर्ने, स्थानीय तहको सरकारी कार्लालयहरुमा ताला लगाउने, कालो झण्डा गाड्ने लगायतको कार्यक्रम चलिरहेको छ ।

फागुन २७ गते साँझ १४ जिल्लाको हरेक टोलमा मशाल जुलुस प्रदर्शन गर्नुको साथै २८ गते आम हड्ताल आयोजना भएको थियो । हालसम्मको आन्दोलन सफलतापूणर् अघि बढेको समीक्षा गर्दै बैशाख ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्