विराटनगरको बीकेभीएमबाट उच्च शिक्षामा नाम निकाल्ने १५ जना विद्यार्थीलाई सम्मान

विराटनगरको बीकेभीएमबाट उच्च शिक्षामा नाम निकाल्ने १५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हव बन्दै गइरहेको अवस्थामा बीकेभिएमको पढाई र विद्यार्थीको प्रयासले सबैलाई गौरान्वित बनाउँदै लगेको बताए । नीजि क्षेत्रका विद्यायलको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताए । प्रदेशकै पुरानो र प्रतिष्ठिन विद्यालयका रुपमा रहेको बीकेभिएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद योगदान दिने गरेको मेयर कोइरालाले बताए । बीकेभिएममा अध्ययनको वातावरण अन्यभन्दा पृथक रहेको बताएका मेयर कोइरालाले आउँदोदिनमा विद्यालयले अझ उत्कृष्ट विद्यार्थी र नतिजा ल्याउन सफल हुने विश्वास लिएको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दाहालले चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद क्षण भएको बताए । नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयलाई २०७३ सालमा मुलुकभरमा उत्कृष्ठ विद्यालयका रुपमा शिक्षा मन्त्रालयद्वारा पुरस्कृत भएको उनले बताए । विद्यार्थीलाई अनुकुल हुने शैक्षिक वातावरणसंगै गुणस्तरीय शिक्षा प्रदानमा विद्यालय अग्रस्थानमा रहेको प्रिन्सिपल दाहालले प्रस्टाए। विद्यार्थीलाई सम्मान गर्दै प्रिन्सिपल दाहालले अध्ययनरत विद्यार्थीलाई राम्रो नतिजाका लागि मेहनत गर्नुपर्नेमा जोड दिए ।

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको बिद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका हुन् । यसक्रममा चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा परफेन यादव, आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत, र आयुष गौतम रहेकाछन् । यसमा यादवले पहिलो स्थानमा नाम निकालेका हुन् । त्यसैगरि, शर्मा दोस्रो, कट्टेल तेस्रो, पर्साइला चौथो, गुप्ता पाँचौ, थापा छैठो, कामत सातौ र गौतम आठौं स्थानमा रहेकाछन् । त्यसैगरि, विडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमार भुजेल रहेकाछन् ।

गतवर्षबाट ११ र १२ कक्षा सुरु गरेको विद्यालयले पहिलो ब्याचमा एमबीबीएसमा ३ जना, र इन्जिनियरिङतर्फ ७ जनाले छात्रवृत्तिमा नाम निकालेको विद्यालयले जनाएको छ । विद्यालयबाट २०६५ सालमा राकेश गिरी २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्ड फस्र्ट नतिजा ल्याउन सफल भएका थिए । २०४० सालमा स्थापित विद्यालय ५ पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्