विराटनगरमा तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

विराटनगरमा तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी विरुद्ध बिहीबार साँझसम्म एक हजार २० जनाले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीका लागि तोकिएको डेस्कमा परेर उजुरी दिने काम शुक्रबार समेत जारी रहेको छ ।

बिहीबारसम्म ४५ करोड ६४ लाख ३९ हजार ११ रुपैँया बराबर रकम पुगेको छ । प्रहरीले फागुन २८ गतेदेखि उजुरी लिन थालेको हो । पाँच दिनमा एक हजार पुगेका छन् । विराटनगरमा चार हजार सदस्य रहेको अनुमान गरिएको छ ।

यद्यपी यहि स्थितिले रकम बढ्दै जाँदा विराटनगरमा मात्रै अर्ब बढी रकम जोखिममा पर्ने देखिन्छ । प्रहरीले विराटनगरमा ५० करोड बराबरको रकम जोखिममा रहेको अनुमान गरिएको थियो । तर, पाँचदिनमा एक हजार २० जनाले दिएको उजुरीमै ४५ करोड नाघेपछि बाँकी तीन हजारले उजुरी दिदाँ नसोचेको रकम जोखिममा रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्