विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघद्वारा तालाबन्दी, स्ववियु निर्वाचनमा असर पर्न सक्ने

विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघद्वारा तालाबन्दी, स्ववियु निर्वाचनमा असर पर्न सक्ने

विराटनगर । नेपाल विद्यार्थी संघले विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेविसंघले आज (शुक्रबार) तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि नेविसंघले तालाबन्दी गरेको नेविसंघका नेताहरुले बताए । नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिने गरेको समेत नेपाल विद्यार्थी संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर क्याम्पस प्रशासनले धम्क्याएको र क्याम्पस प्रशासनदेखि कर्मचारीहरुसम्मले विद्यार्थीलाई संगठनमा नखुल्न भनेर धाक धम्की दिएको भन्ने विद्यार्थीहरुको गुनासो रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ,‘ यस विषयमा हामीले प्रशासनलाई पटकपटक सचेत गराउँदा पनि बेवास्ता भएपछि यो कदम चालेका हौँ ।’ उनीहरुले आफ्नो प्रतिष्ठा जोगाउन कुनै हदसम्मको आन्दोलन गर्न पछि नहट्ने समेत जनाएका छन् ।


क्याम्पस प्रशासन र निर्वाचन समिति अनेरास्ववियुलाई जिताउन लागेको समेत नेविसंघको आरोप छ । नर्सिङको विवादले महेन्द्र मोरङमा समेत असर पर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अनेरास्ववियुका पूर्व सभापति जोसेफ घिमिरेले बताए । उनले नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै जित्ने अवस्था आएपछि नेविसंघले ताल्चा लगाएको आरोप लगाए । ‘नर्सिङ होममा ताल्चा लगाउदा महेन्द्र मोरङमा पनि असर पर्छ, अहिलेको अवस्थामा हेर्ने हो भने नोमिनेसन पछि ताल्चा लागेको छ, उनले भने ‘जबसम्म नर्सिङ होमको विवाद साम्य हुँदैन यसको असर मोरङभर पर्छ । ’ यता, महेन्द्र मोरङ क्याम्पसका निर्वाचन अधिकृत शुशील कुमार अधिकारीले नर्सिङ होमको विवादले मोरङ क्याम्पसको स्ववियु निर्वाचनमा कुनै खालको असर नपर्ने बताए ।

निर्वाचन कार्यालयले शुक्रबारबाट विद्यार्थीहरुलाई कुनै पनि प्रचारत्मक प्रकारको गतिविधी नगर्न आचारसहिता लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्