विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने

<span class='c1'>विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला</span> <span class='c2'>क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने</span>

विराटनगर । विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज(शुक्रबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।

प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि-२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभरको १ र ३ वटा टि-२० प्रतियोगिता हुने उनले बताए ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिको तर्फबाट रुबीना क्षेत्रीको कप्तानीमा प्रतियोगता खेल्ने छन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्मचार्य, कविता गौतम, सानु राजवंशी लगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्ने जनाईएको छ । उक्त प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरलाई पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्