कोशी प्रदेश :मन्त्री बिनाको मन्त्रालयम स्वकीय भर्ती, प्रतिपक्षी मौन

कोशी प्रदेश :मन्त्री बिनाको मन्त्रालयम स्वकीय भर्ती, प्रतिपक्षी मौन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्री नै नभएका मन्त्रालयमा स्वकीय सचिव नियुक्ति गरेको पाइएको छ ।

पुस २५ गते मुख्य मन्त्रीमा नियुक्त भएका कार्कीले दुई चरणमा मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैसँग राखेका छन् । मन्त्री नभएको मन्त्रालयमा चार जना स्वकीय सचिव तथा अन्य कर्मचारी नियुक्त गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खेमराज अधिकारीलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका छन् । स्वकीय सचिवहरु भने मन्त्रालयमा देखिदैन्न ।

यस्तै आर्थिक मामिला मन्त्रालयमा भने कार्यालय सहयोगीसहित ४ जना नियुक्त गरेका छन् । एक जना कार्यालय सहयोगी एक जना सूचना प्रविधि सहायक र दुई जना स्वकीय सचिव नियुक्त गरेका छन् । मनिस सिग्देललाई सूचना प्रविधि सहायकमा नियुक्ति गरेका छन् भने खगेन्द्र फुयाँललाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् । कमल पौडेललाई भने प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । पौडेल मुख्यमन्त्री कार्यालयमै बस्छन् । कार्की प्रदेश सभा सदस्य हुँदा पनि उनी स्वकीय सचिव थिए ।

मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा भने जीवन कार्की र प्रेस सल्लाहकारमा महेन्द्र विष्टलाई नियुक्त गरेका छन् । मन्त्रीले आफ्नो सचिवालयमा ४ जनालाई नियुक्त गर्न पाउँछन् । ३ जना स्वकीय सचिव र एक जना कार्यालय सचिवलाई नियुक्ति गर्न पाउने कानुनी व्यवस्था छ ।
खर्च कम गर्न १२ वटा मन्त्रालयबाट घटाएर ९ वटा मन्त्रालय बनाएको भन्दै भाषण गर्ने मुख्यमन्त्री कार्कीले भने मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्ताहरूलाई भर्ती गरेका हुन् ।

यस विषयमा प्रतिपक्षी दल समेत मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्