विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुद्वारा तालाबन्दी

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुद्वारा तालाबन्दी

विराटनगर । स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा विराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनि धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए ।
नेविसंघले आफू पराजित हुने सम्भावना देखिए पछि नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पस प्रशासनदेखि निर्वाचन समितिले लापरबाहीपूर्ण काममा लागेपछि तालाबन्दी गरेको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए ।

नेविसंघले शुक्रबार नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्