विराटनगरको कान्तिपुर कलेजद्धारा नयाँलाई स्वागत पुरानालाई विदाई

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजद्धारा नयाँलाई</span> <span class='c2'>स्वागत पुरानालाई विदाई</span>

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर कलेजले आफ्ना नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै पुरानालाई विदाई गरेको छ ।

विराटनगरको कचनजङ्गा पार्टी प्यालेसमा शनिबार आयोजित एक भव्य कार्यक्रम गरेर कक्षा १२ विद्यार्थीहरुलाई बिदाई गरेको छ भने ११ को लाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षा हुन लागेकोले कलेजले ति विद्यार्थीहरुलाई स्वागत, सम्मानसँगै मायाको चिनो दिएर बिदाई गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेश शाखा कार्यालयका अधिकृत सालिग्राम दाहाल, हिसान मोरङका अध्यक्ष अमित ढकाल, कान्तिपुर कलेजका अध्यक्ष खुसिराज श्रेष्ठ, प्रिन्सिपल भेषराज नेपाल (भुवन) ले विद्यार्थीहरुलाई बिदाई गरे ।

कलेजले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट घोषित विद्यार्थीलाई सम्मान गरेका थिए । कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल देविलाल महतो, संचालक सदस्य शंकर काफ्ले, प्रा.डा. तेजनारायण महतोसहित कलेजका शिक्षक, शिक्षिकाहरुको सहभागिता थियो । कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को विद्यार्थीलाई बिदाई गरेका थिए ।

कलेजमा सातौं ब्याच समूहका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुले कार्यक्रममा नृत्यसँग गीतहरु गाएर कार्यक्रमलाई थप मनोरन्जन बनाएका थिए ।

२०७२ सालमा १५ जना विद्यार्थीलाई भर्ना गरिएर कान्तिपुर कलेजले पठनपाठन सुरु गरेको थियो । तर सात बर्षको छोटो समय अवधिमा कलेजमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायतर्फ ६०० भन्दाबढि विद्यार्थीहरु भर्ना भएर अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्