विराटनगर–५ को जागृती टोल : हिलोले ढलान डुबायो

विराटनगर–५ को जागृती टोल : हिलोले ढलान डुबायो

विराटनगर ।  विराटनगर–५ स्थित जागृती टोलमा एकसय मिटर रिटेर्निङ्ग वाल निर्माणको काममा चरम लापवाही भएको छ । उपभोक्ता समितिमार्फत पाँचलाख रुपिँया लागतमा बनिरहेको काम ठेकेदारमार्फत गरिएको छ । ठेकेदारले तोकिएको मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गर्दा बनिनसक्दा ढलान हिलोमा भासिएको हो ।

स्थानीय सरकारबाट बिनियोजित रकमको काम उपभोक्ता समितिले गर्नुपर्ने थियो । तर, देखिनका लागि मात्रै उपभोक्ता समिति गठन गरेर ठेकेदारलाई काम लगाइएको छ । उपभोक्ता समितिका संयोजक सन्तोष तिम्सिना हुन् । निर्माणस्थलमा उपभोक्ता समितिका कोहि पनि भेटिदैनन् । धमाधम काम गर्दा गुणस्तरहिन निर्माण भएपछि स्थानीय आक्रोशित भएका छन् ।

उपभोक्ता समितिले ठेकेदार नविन दाहाललाई कामको जिम्मा दिइएको छ । उपभोक्ता समितिले गर्ने काम ठेकेदारलाई दिनु नै गलत हुन्छ । ठेकेदार दाहालमार्फत रामचन्द्र रायले काम गरिरहेका छन् । उनले तोकिएको मापदण्ड अनुसार काम भईरहेको दावी गरे । मापदण्ड अनुसार १५ इन्चको रिटेर्निङ्ग वालको जोडाई ६ः१ अनुपात र ढलान ४ः१ (एक टिन सिमेन्टमा ६÷४ टिन बालुवा) अनुपातमा हुनुपर्छ । यसमा ५३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग भएको हुनुपर्छ ।

स्थानीय निरज आडवानीले ठेकेदारले सर्वसाधारणलाई हेपेर कमसल बालुवा र ४३ ग्रेडको सिमेन्ट प्रयोग गरेको आरोप लगाएका छन् । सिमेन्ट गुणस्तरको रहेको दावी छ । गोदाममा भण्डारण गर्दा असावधानीबस चिसोले बिग्रिएको सिमेन्ट सस्तो मूल्यमा पाईने भएकोले त्यहि प्रयोग भईरहेको दावी छ । तर, फिल्डमा कामको जिम्मा पाएका रायले भने निर्माणका क्रममा घरको पानी समेत ढलानमा आउन रोक्न नसक्ने उपभोक्ताले गुणस्तरको काम खोजिरहेको बताए । उनले अन्तिम समयमा छोटो दुरीमा गरिएको ढलानमा समस्या भएको बताए । त्यसको कारण घरको पानीको निकास ढलान गरिरहेको नालामा हालेर समस्या भएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्