विराटनगरमा पहिचानवादीको प्रदर्शन, निषेधित क्षेत्र प्रवेश गरे पछि प्रहरीद्वारा अश्रु ग्यास प्रहार

विराटनगरमा पहिचानवादीको प्रदर्शन, निषेधित क्षेत्र प्रवेश गरे पछि प्रहरीद्वारा अश्रु ग्यास प्रहार

विराटनगर । कोशी प्रदेश नामाकरण संशोधन माग गर्दै विराटनगरमा पहिचानवादीको प्रदर्शन निषेधित क्षेत्र प्रवेश गरे पछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्