स्ववियु निर्वाचन दलका नेता हावी

स्ववियु निर्वाचन दलका नेता हावी

सुजता लिम्बु
विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान केन्द्रमा भीडभाड थियो । महेन्द मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघका जसवन्त पौडे, एमाले निकट अनेरास्ववियुबाट नविन पहाडी र आखिल क्रान्तिकारीको तर्फबाट रोहित यादव रहेका छन् । सचिव पदका लागि अनेरास्ववियुको तर्फबाट सनिम ठकुरी, एकिकृत समाजवादी निकट अनेरास्ववियूबाट निर्मल भण्डारी नेविसंघबाट पुजा विश्वास र अखिलक्रान्तिकारीबाट आशिका लम्साल रहेका छन् । १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा मत हाल्न विहानै देखि विद्यार्थीहरुको हत्साहजनक उपस्थिति थियो ।

उम्मेदवारलाई हौसला दिनका लागि आ–आफ्नो दलका प्रदेशदेखि केन्द्रस्तरका नेताहरुको बाक्लो उपस्थिति भएको छ । विद्यार्थीको निर्वाचनमा प्रदेश सांसद देखि केन्द्रिय स्तरका नेताहरुको उपस्थिति रहनु उम्मेदवारीको पहुँच प्रदर्शन गरिएको जस्तै देखिएको मतदानमा सहभागी हुने विद्यार्थीहरु बताउँछन् । पहिलेको स्ववियु निर्वाचनमा पार्टी प्रतिवन्ध रहेको अवस्थामा स्ववियु निर्वाचन हुने गरेको पूर्व विद्यार्थी नेता भुराज राई बताउछन् । त्यो समय विद्यार्थी मार्फत पार्टीमा आउने भए पनि पछिल्लो क्याम्पसमा त्यो ढंगले नदेखिएको बताए ।

खर्चिलो हुँदै विद्यार्थी राजनीति
क्याम्पस प्राङगण भन्दा बाहिरको दृष्यलाई हेर्ने हो भने पछिल्लो समय विद्यार्थी राजनीतिक क्षेत्र खर्चिलो हुँदै गएको भन्दा फरक नपर्ला । उम्मेदवारीहरुको प्रचार प्रसार गर्ने शैली र भित्तामा झण्ड्याएका प्रचारप्रसारका होडिङ बोर्डले पनि स्ववियु निर्वाचन भड्किलो र खर्चिलो हुन थालेको पूर्व विद्यार्थी नेताहरुको बुझाई छ । त्यसो त उम्मेदवारहरु पनि खर्चिलो प्रवृतिले आजित भएको सुनाउछन् । मत खसाल्न आउने विद्यार्थीहरु नै पैसाको कुरा गर्नु स्ववियु निर्वाचनका एक उम्मेदवारले बताए । उनले मत माग्न टेलिफोन सम्पर्क गर्दा रकम तोकेर माग्ने गरेको गुनासो सुनाए । ‘पछिल्लो समय विद्यार्थीको चुनाव पनि धेरै खर्चिलो भएकोछ, केन्द्र स्तरको राजनीति भन्दा कम छैन,’उनले नाम नखुलाउने सर्तमा भने,‘ भोट माग्दा पैसा तोक्छन्, यसमा पनि विकृति मौलाएको छ ।’

पहिले र अहिलेको स्ववियु चुनाव
१४ वर्ष अगाडी महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनको इतिहासलाई फर्किएर हेर्ने हो भने निर्वाचन ताका अशान्ति र हिंसात्मक गतिविधिहरुले त्रासमय हुन्थ्यो ।
तर, विगतको जस्तो अवस्था छैन । विहान देखि शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । विगतका दिनमा पञ्चायतको पालामा भएकाले दुईवटा पार्टी काँग्रेस र कम्युनिष्ट पार्टीमा मतभिन्ता सृजना गरेर आफ्नो राज गर्ने लाग्ने र त्यो अभिव्यक्ति क्यापसमा देखिने गरेको पूर्व स्ववियु सभापति भुराज राई बताउछन् । त्यही कारण एकअर्कामा रिस पोखापाख हुने गरेको बताउदै उनले पछिल्लो समय राजनीतिक दलसँथै विद्यार्थीहरुमा सोँच परिवर्तन भएको बताए ।
‘हाम्रो पालोमा पञ्चायतको पाला थियो त्यो बेला दुईवटा पार्टी काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै थियो, दुईवटा पार्टीमा मतभिन्ता सृजना गरेर पञ्चायतले राज गर्न लाग्ने र त्यो अभिव्यक्ति क्यापसमा देखा पथ्र्यौ,’ उनलेभने,‘अहिले अवस्था फेरिएको छ सबै विकसको निम्ति एक भएर जानुपर्ने धारण रहेको छ ।’

पछिल्लो समयमा विद्यार्थीमा सोँच परिवर्तन भएको पूर्व स्ववियु सभापति एवम् प्रदेश सांसद भीम पराजुली बताउछन् ।
‘विगतका दिनहरुमा विद्यार्थीहर गाँउबाट संगठित हुने विद्यालय स्तरबाट सगठित हुन्थ्यो, तर अहिले विद्यार्थीमा सोच परिवर्तन भएका छ’ उनले भने,‘ अहिले १२ पास गरेर क्याम्पस पढ्न आउछन् । यहाँ आइसके पछि आफूलाई तयार गर्ने संगठनमा तयार हुन्छन् । ’
अहिलेका विद्यार्थीहरु संचारसँग प्रतिस्पर्धा गर्ने गरेको बताउदै उनले हिजोको प्रतिस्पर्धी र अहिलेको प्रतिस्पर्धी फरक रहेको बताए । उनले संघीय लोकत्रान्तिक गणतन्त्रलाई टेकेर काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्