विराटनगर । क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।
नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपुर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।
त्यस्तै कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूणर् भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निणर्य गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।
चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए ।