मोरङ जिल्लाका छ क्याम्पसको मतपरिणाम सार्वजनिक कहाँ को भए विजयी ?

<span class='c1'>मोरङ जिल्लाका छ क्याम्पसको मतपरिणाम सार्वजनिक</span> <span class='c2'>कहाँ को भए विजयी ?</span>

विराटनगर । आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा मोरङ जिल्लाका छ वटा क्याम्पसको मत परिणाम आएको छ ।

नर्सिङ क्याम्पसमा भने अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन् । यस्तै विराटनगरको डिग्री क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् । लेटाङ क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ र रमाइलोमा मालती रेग्मी विजयी भएका हुन् ।

यस्तै मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहाल पराजित भएकी हुन् । यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल विजयी भएका छन् ।

मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध भएको छ । उक्त क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध भएका हुन् ।

यता,विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको मतगणना भने अझै हुन सकेको छैन । आइतबार मतदान सकिएको भएपनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा मतगणना हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । यस्तै मोरङको सुकुना क्याम्पसमा आज मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्