विराटनगर । विराटनगरका युवा वैभव नाहाटासहितको टोलिले फिनलैण्डका पराराष्ट्र पेकका हस्तिवोसँग भेटघाट गर्ने अवसर पाएका छन् । सक्सेस सोसाइटी इन्टनेशन संस्थाले फिनलैण्डको शिक्षा प्रणाली अध्ययनका लागि छात्रवृत्ति पारेर आफ्ना सदस्यहरुलाई शैक्षिक भ्रमणमा पठाएको हो ।
त्यस क्रममा उनीहरुले पराराष्ट्र मन्त्रीसँग भेट गर्ने अवसर पाएका थिए । उनीहरु प्रोजेक्ट सिर्जना अन्तर्गत युरोपका जर्मनी, इटली, फ्रान्स, पोल्याण्ड, बेल्जियमलगायत देशको भ्रमण गरेर शिक्षा प्रणाली बारेमा अध्ययन गरेर फर्कने छन् । फिनलैण्डको शिक्षा प्रणालीलाई विश्वमै राम्रो मानिन्छ । त्यहाँका नागरिक समेत संसारका सबै नागरिक भन्दा बढी खुशी महसुश गर्नेमा पर्दछन् ।