विराटनगरको संजिवनी डेन्टल केयर सेन्टरमा १५ प्रतिशत छुट

विराटनगरको संजिवनी डेन्टल केयर सेन्टरमा १५ प्रतिशत छुट

विराटनगर। विराटनगर ७ स्थित गहेली मार्गमा रहेको संजिवनी डेन्टल केयर सेन्टरले विश्व मुख दिवसको अवसरमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

चैत ६ गतेदेखि १३ गते सम्म डेन्टल परीक्षण निःशुल्क गरिनुका साथै १५ प्रतिशत छुटको व्यवस्था मिलाएको सेन्टरले जनाएको हो ।

डेन्टल विरामीहरुको लागी उपचारमा सरल, सहज र आर्थिक भार नहोस भन्ने उद्देश्यका छुटको व्यवस्था मिलाएको संजिवनी डेन्टल केयर सेन्टरका संचालक डा.फरवार्ड सिलवालले बताए । नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूको सहकार्यमा गुणस्तरीय सेवा दिदै आएको दावी छ ।

दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित सेन्टरमा मुख तथा दात रोग सम्बन्धी सम्पुर्ण सेवा दिदै आएको छ । जस अन्तर्गत डेन्टल इनप्लान्ट सेवा, दाँतमा तार बान्ने, दाँत निकाल्ने, दाँत भर्ने, दाँत जराबाटै भर्ने, मुखको क्यान्सर सम्बन्धी शल्यक्रिया तथा अन्य सेवाहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्