महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जशवन्त पौडेल विजयी

महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जशवन्त पौडेल विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् ।

पौडेलले एक हजार ६८९ मत ल्याएर विजयी भएका हुन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले सात सय ८४ मत प्राप्त गर्दा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले पाँच ९२ मत प्राप्त गरेका छन्।

त्यसैगरी सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी नौँ सय ३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा विश्वासले सात ८६ मत प्राप्त गरेकी छिन् ।

स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोराले एक हजार १४३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका आरोग्य थापाले नौँ सय २ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले सात ३५ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो.साहिल अन्सारी, सुरक्षा थापा मगर तथा अनेरास्ववियु एमालेका मन्दिप पोखरेल र केबल काफ्ले विजयी भएका छन् ।

क्याम्पसमा पाँच हजार ८२५ मतदाता मध्ये तीन हजार १६६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्