विराटनगर–१९ की प्रियंका हत्याका तीन प्रतिवादी कारागार चलान, एक विरुद्ध मुद्दा चलेन

विराटनगर–१९ की प्रियंका हत्याका तीन प्रतिवादी कारागार चलान, एक विरुद्ध मुद्दा चलेन

विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

घटनामा संलग्न आरोपमा पक्राउ परेका विराटनगर–७ का श्रीराम भन्ने सिलिराम चौधरीलाई मुद्दा चलाउनु पर्ने नदेखिएपछि उनलाई छोडिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन कुमार दाहालका अनुसार सोनारलाई उनका श्रीमान रमेश कुमार सोनार समेतको संलग्नतामा हत्या गरी लास बेपत्ता बनाउने उद्देश्यले बोरामा प्याक गरिएको थियो ।

कर्तव्य ज्यान कसूरमा २०७९ फागुन ८ गते विराटनगर १९ मिलनचौक टोलमा बस्ने बर्ष ३४ को रमेश साह भन्ने रमेश कुमार सोनार, कटहरी गाउँपालिका–५ का पैनी टोल बस्ने बर्ष ६२ को रामानन्द राम हरिजन, कटहरी ५ उराव टोलमा बस्ने बर्ष ३५ को उमेश सरदार पक्राउ गरिएको थियो । अनुसन्धान पश्चात प्रतिवादीहरु मध्ये चौधरीलाई मुद्दा नचलाउने निर्णय भएको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्