विराट गोल्डकप भोलिदेखि शुरु,विराटनगर सिटी र नेपाल पुलिस क्लव भिड्दै

विराट गोल्डकप भोलिदेखि शुरु,विराटनगर सिटी र नेपाल पुलिस क्लव भिड्दै

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण बिहीबारदेखि शुरु हुँदैछ ।

विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ ।

बिहीबार हुने उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् ।

नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लव सहभागी हुनेछन् । यसैगरी भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव आउने भएका छन् । दिल्लीको एफसी क्लवले भने अन्तिम समयमा नआउने जनाएको छ ।

यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।

कहिले कसको खेल ?

चैत ९ गते विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव
चैत १० गते त्रिभुवन आर्मी क्लव र जावलाखेल युथ क्लव
चैत ११ गते एपीएफ क्लव र डुक लयुल फुटबल क्लव
चैत १२ गते संकटा क्लव र लुका सकर क्लव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्