विराटनगर । विराटनगर–१४ स्थित एस्पायर कलेजमा अनलाइन र अफलाइन ब्यबसाय व्यवसायसम्बन्धी बहस कार्यक्रम भएको छ ।
दुई व्यवसाय मध्ये कुन राम्रो हो भन्ने विषयमा बहस भएको हो । बेलायती संसदीय अभ्यास प्रणाली अनुसार संचालन भएको बहस प्रतियोगितामा विद्यार्थीहरुले सहभागीता जनाएका थिए।
विद्यार्थीहरूलाई कलेजका तर्फबाट एक दिनको प्रशिक्षण पश्चात् बहसमा सहभागि गराइएको कलेजका होटल म्यानेजमेन्ट संकायका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिए ।
विद्यार्थीहरूले अनलाइन र अफलाइन व्यवसायका फाइदा, बेफाइदा, राम्रो र नराम्रो पक्ष लगायतका बिषयमा बहस गरेका थिए ।
बहस प्रतियोगितामा लिया खवास प्रथम, समीर लावती दोस्रो र मिरा परियार तेस्रो भएका छन् । शिक्षण सिकाइका अतिरिक्त यस्ता क्रियाकलापले विद्यार्थीहरूको चौतर्फी विकास हुने र कलेजले समय समयमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको कलेजका प्रमुख चिन्तामणी बस्नेतले बताए ।